भक्तपुर १९ साउन । इंल्याण्डविरुद्धको पहिलो टेस्टमा भारतले १ सय ९४ रनको लक्ष्य पाएको छ। तेस्रो दिन शुक्रबार इंल्याण्डले दोस्रो इनिङ्समा सबै विकेट गुमाउँदै १ सय ८० रनमा अलआउट भएपछि भारतले १ सय ९४ रनको विजय लक्ष्य प्राप्त गरेको हो।
घरेलु टोलीले पहिलो इनिङ्समा २ सय ८७ रन बनाएको थियो। भारतले पहिलो इनिङ्समा इंल्याण्डभन्दा १३ रन कम २ सय ७४ रन बनाएको थियो। विकेटको क्षतिमा ९ रनबाट खेल्न सुरू गरेको इंल्यान्डले तेस्रो दिन सबै विकेट गुमाएर कुल ३६७ रन बनाएको हो।
उसका लागि साम कारूनले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। यस्तै जोनी ब्रेस्टोनले २८, डाविड मालानले २०,अदिल रसिदले १६, जोए रूटले १४ र स्टुआर्ट बोर्डले ११ रन बनाएर आउट भए।
घरेलु टोलीलाई सस्तैमा रोक्न भारतका लागि इशान्त शर्माले ५, रविचन्द्रन आविश्नले ३ र उमेश यादले २ विकेट लिए। जवाफी ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर ११० रन बनाएको छ। अब पहिलो टेष्ट जित्न भारतलाई ८४ रन आवश्यक छ।
कप्तान विराट कोहली ४३ र दिनेश कार्तिक १८ रनमा अभिजित छन्। केएल राहुल, शिखर धवन र रविचन्द्र आश्विन समान १३(१३ रनमा आउट भए। यस्तै ओपनर मुरली विजय ६ रनमा आउट भए भने रहाणेले २ रन मात्र जोड्न सके। इंल्याण्डका लागि जेम्स एन्डर्सनले दुई विकेट लिए। एजेन्सी
Comments