काठमाडैं ६ साउन । विश्वकैस्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो बिदा मनाइरहेका छन् । हालै प्रकाशित एक समाचार अनुसार एक ग्रिक होटलका कर्मचारीहरुलाई रोनाल्डोले २२ हजार युरो टिप्स दिएका छन् । दानी स्वभावका रोनाल्डो ग्रिसमा बिदा मनाइरहेका छन् । उनले आफु बसेको एक होटलका कर्मचारीहरुलाई यति ठुलो टिप्स दिएका हुन् ।
ती कर्मचारीहरुले रोनाल्डोलाई आवश्यक पर्ने सबै सुविधा दिएका थिए भने पापाराजीबाट समेत बचाएका थिए । उनले १० जना कर्मचारीलाई दुई दुई हजारका दरले टिप्स दिएका हुन् । उनले द रोयल मेथोनी भिल्लामा परिवारसहित १० दिन बिताएका थिए ।
यसै सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका रोनाल्डो कर छलीमा हुनसक्ने सम्भावित जेल सजायबाट बच्न स्पेन छोडेको समाचारहरु भाइरल भइरहेको छ । एजेन्सी
Comments