२६ असार । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ क्लब फर्किएका छन्।
गत सिजन मात्र चाइनिज सुपर लिग क्लब गोन्जाउ एभरगार्डबाट बार्सिलोना गएका पाउलिन्हो फेरि पुरानै क्लब फर्किएका हुन्। २९ वर्षिय मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाले ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गरेको थियो। तर, पाउलिन्हो एक सिजन मात्र बार्सिलोनामा बिताए।
बार्सिलोनामा पाउलिन्होले ला लिगा र कोपा डेल रे उपाधि जितेका थिए। कीर्तिमानी मूल्यमा नेयमारलाई पेरिस सेन्ट जर्मेन पीएसजी गए पछि बार्सिलोनाले पाउलिन्होलाई पाउलिन्होलाई ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गरेको थियो। गत सिजन पाउलिन्होले बार्साका लागि ४९ खेल खेल्दै ९ गोल गरेका थिए।
रूस विश्वकपमा ब्राजिलका लागि एक गोलसमेत गरेका उनी विश्वकप लगत्तै पुरानो क्लब फर्किएका हुन्। बार्सिलोना आउनु अघि ३ वर्ष गोन्जाउमा रहेका पाउलिन्होले ९५ खेल खेल्दै २८ गोल गरेका थिए। यसअघि पाउलिन्होले इंग्लिस क्लब टोटनह्यामबाट फुटबल खेल्ने गरेका थिए। उनी सन् २०१५ मा चिनियाँ क्लब पुगेका थिए। एजेन्सी
Comments