काठमाडौं १२ असार । विश्वकपमा ब्राजिलका स्टार खेलाडी नेयमार चर्चामा रहेका छन् । उनी राम्रो खेलेरभन्दा पनि मैदानमा लडेका कारण चर्चामारहेका छन् ।
विश्वकै सबैभन्दा महँगा खेलाडी उनले दुई खेलमा एकमात्र गोल गरेका छन् । ब्राजिल दुई खेलमध्ये एकमा जित र एकमा बराबरी खेल प्रदर्शन गरेको छ । ग्रुप चरणको अन्तिम खेलमा सर्भियाविरुद्ध कस्तो खेल प्रर्दशन गर्ने हो सबैको चासोको विषय बनेको छ ।
तर, मैदानमा डाइभ गर्ने विषयमा उनी हाँसाको पात्र बनेका छन् । उनको यही हर्कतलाई मध्यनजर राख्दै रियोमा रहेको एक पबले अचम्म लाग्दो निर्णय गरेको छ । उत्तरी रियोको सर वाल्टर पबले फेसबुक पेजमा लेखेका अनुसार नेयमार जब मैदानमा लड्छन्, बारमा सबैलाई निशुल्क रक्सी पाउँनेछन् । एजेन्सी
Comments