१० असार । रसियामा जारी रहेको विश्वकपमा जर्मनीले पहिलो जित हासिल गरेको छ । समूह ‘एफ’ मा रहेको जर्मनीले स्वीडेनलाई २–१ ले हराएर पहिलो जित हासिल गरेको हो ।
जर्मनीका लागि रुइस र टोनी क्रुसले गोल गरे । त्यस्तै स्वीडेनका लागि ओला तोइभोनेनले एक गोल गरे ।
खेलमा अग्रता भने स्विडेनले ३८ औ मिनेटमा ओला तोइभोनेनको गोलमा ३८ औं मिनेटमा लिएको थियो । ४८ औँ मिनेटमा जर्मनीका रुइसले बराबरी गोल फर्काएका थिए ।
९५ औ मिनेटसम्म १–१ को बराबरीमा रहेको खेलमा क्रुजले ९५ औ मिनेटमा निर्णायक गोल गरेका थिए ।
२ खेलबाट अहिले जर्मनीको ३ अंक रहेको छ भने स्वीडेनको पनि ३ अंक नै रहेको छ । मेक्सिकोको ६ अंक रहेको छ भने दक्षिण कोरिया अंक विहीन रहेको छ ।
Comments