१० असार । मेक्सिको रसियामा जारी रहेको विश्वकपमा समूह चरणको दोश्रो खेलमा पनि विजयी भएको छ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराउँदै सनसनीपूर्ण विजयी सुरूवात गरेको मेक्सिकोले दोश्रो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियामाथि २–१ ले जीत हात पारेको हो ।
पहिलो हाफमा २६औं मिनेटमा कार्लोस भेलाको पेनाल्टी गोलमार्फत मेक्सिकोले अग्रता लिएको थियो । दक्षिण कोरियाली डिफेण्डरले डिबक्सभित्र ह्याण्ड गरेपछि मेक्सिकोले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा मेक्सिकोको अर्को एक थोल थप्यो । जाभियर हर्नाण्डेजले ६६औं मिनेटमा लोजानोको पासमा गोल गरे ।
खेलको इन्ज्यूरी समयमा दक्षिण कोरियाले १ गोल फर्काए पनि त्यो गोलले कोरियाको पराजय टार्न सकेन । टोटनह्यामका स्ट्राइकरसँग ह्युंग मिनले डिबक्स बाहिरबाट शानदार गोल गरेका थिए ।
हिजोको खेलमा कोरियालाई पराजीत गरेसँगै मेक्सिको लागि नकआउट चरण प्रवेश सहज भएको छ ।
समूहको अन्तिम खेलमा कोरियाले जर्मनीसँग र मेक्सिकोले स्विडेनसंग खेल्नेछन् ।
Comments