२८ जेठ । ब्राजिलले विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा जित हासिल गरेको छ । भियनामा भएको अभ्यास खेलमा ब्राजिलले अष्ट्रियालाई ३–० ले हराएको हो ।
ब्राजिलका लागि ग्याब्रियल जिसस, नेयमार र फिलिप कोटिन्होले गोल गरे । जिससले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएको खेलमा नेयमारले ६३ औं मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । खेलको अन्तिम गोल कोटिन्होले ६९औं मिनेटमा गरेका थिए ।
पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले यसपटकको विश्वकपको पहिलो खेल जुन १७ अर्थात असार ३ गते तारिखमा स्वीट्जरल्याण्सँग खेल्दैछ । ब्राजिल रहेको समुह ई मा ब्राजिल र स्विट्जरल्याण्डसँगै कोस्टारिका र सर्विया छन् । (एजेन्सी)
ब्राजिलको सहज जित
0
Share.
Comments