२३ जेठ । अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच शनिबार जेरूसेलममा विश्वकप अन्तर्गत अभ्यास खेल हुने तय भएको थियो ।अलजजिराले अर्जेनिटिनी खेलकुद समाचार साइट मिनुटउनोलाई उद्धृत गर्दै ुहिंसा, आलोचना तथा धम्कीुका कारण खेल रद्ध गरेको जनाएको छ।
हालसम्म सन् १९८६ यता अर्जेन्टिना तथा इजरेलबीच विश्वकप पूर्व चार मैत्रीपूर्ण खेल खेलेका छन्। इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन तर इजरेली संचारमाध्यमले यस घटना बारेमा प्रधानमन्त्री बेन्जामिन नेत्यान्याउले अर्जेन्टिनी समकक्षीसँग टेलिफोन वार्ता गर्ने जनाएको पनि अलजजिराले उल्लेख गरेको छ । एजेन्सी
Comments