काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा विभिन्न खेलकर्मी सम्मानित भएका छन् । छाउनी डोजोद्वारा आयोजित कार्यक्रममा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष एवं समाजसेवी राम श्रेष्ठ ‘बोस’, बर्लिन ओपन करातेका कांस्य पदक विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको छ ।
सोही अवसरमा नेपाल कराते महासंघ राष्ट्रिय रेफ्री सहसंयोजक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय रेफ्री सञ्जय रन्जित र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलाई सम्मान गरिएको थियो । खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका खेलकर्मीलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
Comments