६ जेठ । रियल म्याड्रिडले तेस्रो स्थानमा रहँदै स्पेनिस ला लिगाको यो सिजनको अन्त्य गरेको छ । गएराति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भिल्लारियलसँग २ – २ को बराबरीमा रोकिएपछि तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।
भिल्लारियलको मैदानमा भएको खेलमा रियलका लागि गारेथ बेल र क्रिस्टियानो रोनाल्डोले गोल गरे । त्यस्तै घरेलु टोलीका लागि रोजर मार्टीनेज स्यामुएल कास्टिललेजोले गोल गरे ।
एक खेल कम खेलेका बार्सिलोना र एट्लेटिको म्याड्रिड शीर्ष दुईमा छन् । बार्सिलोनाको ९० र एट्लेटिको ७८ अंक छ । रियलले ३८ खेलबाट ७६ अंक जोडेको छ । ६१ अंक बटुलेको भिल्लारियलले पाँचौ स्थानमा सिजनको अन्त्य गर्यो । (एजेन्सी)
तेस्राे स्थानमै राेकियाे रियल मड्रिड
0
Share.
Comments