भक्तपुर, २ जेठ । प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपालले काँस्य पदक जितेको छ । मलेसियाको क्वालालम्पुरमा सोमबार भएको सेमिफाइनल खेलमा पाकिस्तानसँग ४०–४४ ले पराजित भएपछि नेपालले काँस्य जितेको हो । च्याम्पियनसिपको पहिलो सहभागितामै नेपालले कास्य पदक जितेको हो ।
६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपालसँगै इन्डोनेसियाले पनि काँस्य पदक जितेको छ । च्याम्पियनसिपमा भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत पदक जितेको छ ।
समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा थाइल्यान्डलाई ५०–२२ ले पराजित गरेको थियो । तर, दोस्रो खेलमा भारतले नेपाललाई ४३–२२ ले हरायो । भारतसँगको पराजयले नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह ‘बी’ मा पाकिस्तान, इन्डोनेसिया र मलेसिया रहेका थिए ।
Comments