२६ बैशाख । फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । फाइनलमा तेस्रो डिभिजनको लेस हरबियर्सलाई २–० ले हराउँदै पिएसजीले उपाधि जितेको हो ।
पिएसजीका लागि जियोभानी लो सेल्सोले खेलको २६ औ मिनेटमा र इडिसन काभानीले खेलको ७६ औ मिनेटमा गोल गरे ।
यो उपाधिसँगै पिएसजीले हालसम्म फ्रेन्च कप १२ पटक जितेको छ । यस सिजन पिएसजीले लिग कप, लिग वान र फ्रेन्च कपको उपाधि जित्न सफल भएको छ । (एजेन्सी)
फ्रेन्च कपको उपाधि पिएसजीलाई
0
Share.
Comments