१९ वैशाख । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब वायर्न म्युनिखसँग २ – २ गोलको बराबरी खेल्दै समग्रमा ४ – ३ को जितसहित रियलले फाइनलमा प्रवेश गरेको हो । बायर्नको मैदानमा भएको पहिलो लेगमा रियलले २–१ को जित हात पारेको थियो ।
रियललाई तेस्रो पटक फाइनलमा पुर्याउनका लागि करिम बेन्जेमाले दुई गोल गरे । रियलको घरेलु मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीका लागि दुवै करीम बेन्जिमाले गरेका थिए । वायर्नका जोसुवा किमिच र जेम्स रोड्रीगेजले समान एक एक गोल गरे ।
रियलले अब उपाधीको लागि इन्ग्लिश क्लब लिभरपुल र इटालियन क्लब रोमाबिचको बिजेतासँग खेल्नेछ । लिभरपुल र रोमाबीचको दोस्रो लेग खेल आज राति हुने छ । पहिलो लेगमा लिभरपुलले रोमालाई ५–२ ले हराएको थियो । फाइनल खेल युक्रेनको किभमा हुनेछ । (एजेन्सी)
रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा
0
Share.
Comments