१७ बैशाख । बार्सिलोना ओपन टेनिसको उपाधि विश्व नम्बर एक रफायल नाडालले हात पारेका छन् । गएराति भएको फाइनल खेलमा स्पेनिस नाडालले ग्रिसका सेफानोज चिचिपासलाई दुइ शून्यको सोझो सेटमा हराएर हात पारेका हुन् ।
३१ वर्षीय नाडालले १९ वर्षीय सेफानोज विरुद्धको पहिलो सेट ६–२ ले जितेका थिए । नाडालले दोस्रो सेट पनि सहज रुपमा ६–१ ले जित्दै उपाधि माथि कब्जा जमाए । नाडालले उपाधि जित्न ७६ मिनेट समय कोर्टमा खर्चेका थिए।
नाडालको यो एघारौँ बार्सीलोना उपाधि हो । नाडालले गएको साता मात्र मोन्टे कार्लो टेनिसको पनि उपाधि जितेका थिए । (एजेन्सी)
बार्सिलोना ओपन टेनिसको उपाधि रफायल नाडाललाई
0
Share.
Comments