११ चैत । शीर्ष बरियताका रोजर फेडेरर, नोभाक जोकोभिच र सिमोना हलेप अमेरीकामा जारी मायामी ओपन टेनिसबाट बाहिरीएका छन् ।
आज बिहान भएको खेलमा फ्रान्सका तानासी कोकिनकिससँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् । फ्लोरिडामा भएको खेलमा फेडेरर कोकिनकिससँग ३ – ६, ६ – ३ र ७ – ६ ९७ – ४० ले पराजित भए । यो हारसँगै कीर्तिमानी २० औं पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेररले विश्व नम्बर एक वरियता गुमाउने पक्का भएको छ ।
मायामीको फ्लोरीडामा भएको खेलमा जोकोभिच फ्रेन्च खेलाडी बनोइट पिएरीसँग २–० को सोझो सेटमा पराजित भए । ६ पटकको च्याम्पियन जोकोचिभ तल्लतो बरियताका बेनाइटसँग पहिलो सेटमा ६–३ र दोस्रो सेटमा ६–४ ले पराजित हुँदै दोस्रो चरणबाट बाहिरीए ।
यसैगरी, महिलातर्फ विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप पनि मायामी ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् । तेस्रो चरणको खेलमा पोल्याण्डकी अजनिस्का राडवान्स्कासँग पराजित हुँदै हालेप प्रतियोगिताबाट बाहिरिएकी हुन् । ३२ औं बरियताकी राडवान्स्काले हालेपलाई ३ – ६ , ६ – २ र ६ – ३ ले पराजित गरिन् ।
मियामी ओपन अन्तर्गत नै जर्मन एन्जलिक केर्बरले चौथो चरणमा स्थान बनाएकी छिन् । केर्बरले रुसकी अनास्टासिया पाभ्लुएचेन्कोभालाई ६ – ४ र ६ – ४ को सेटमा पराजित गरेकी हुन् । (एजेन्सी)
Comments