९ चैत । रुस विश्वकप फुटबलको तयारीमा रहेको डेनमार्कले मैत्रीपूर्ण खेलमा पानामालाई पराजित गरेको छ । हिजो राति घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा डेनमार्कले पानामालाई १–० ले हराएको हो ।
ब्रोएन्डबि स्टेडियनमा भएको खेलमा डेनमार्कलाई जित दिलाउन पायन सिस्टोले निर्णायक गोल गरे ।
आगामी जेठमा हुने रुस विश्वकपमा डेनमार्क युरोप र पानामा उत्तर अमेरिकाबाट छनोट भएको हो । रुस विश्वकपको तयारीको लागि दुई टोलीले मैत्रीपूर्ण खेल खेलेको हो । (एजेन्सी)
मैत्रीपूर्ण खेलमा डेनमार्कले पानामालाई हरायो
0
Share.
Comments