काठमाडौं, २४ फागुन । स्वर्गीय सुनिललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगितामा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठ (बोस)लाई सम्मान गरिएको छ ।
नेपाल खेलाडी तथा प्रशिक्षक संघद्वारा आज आयोजित कार्यक्रममा सरदसिंह भण्डारीले उपाध्यक्ष श्रेष्ठलाई खादा र सम्मानपत्र दिँदै सम्मानित गरेका हुन् । नेपालको खेलकुद विकास तथा प्रवद्र्धनको क्षेत्रमा विशेष योगदान पुर्याए बापत श्रेष्ठलाई सम्मान गरिएको हो ।
Comments