फागुन २० । आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपालले अहिले घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोट्स क्लबमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको छ भने नेपालले फिल्डिङको निम्तो दिएको छ ।
नेपालले जिम्बावेसँग खेल्न लागेको यो पहिलो पटक हो । अनुभवी खेलाडीहरुको बाहुल्य रहेको टेष्ट मान्यताप्राप्त टोली जिम्बावे नेपाली टोलीका लागि कठिन चुनौति हो ।
नेपाली टोलीः पारस खड्का(कप्तान) , ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, रोहित कुमार पौडेल, र ललित राजवंशी
जिम्बाबे टोलीः गरेम क्रिमर (कप्तान) , टेण्डाई चटारा, क्रेग इर्भिन, केल जार्भिस, ह्यामिल्टन मासाकाट्जा, सोलोमोन मिरे, केफास झुवाओ, सिकन्दर राजा, ब्रेण्डन टेलर, ब्रायन भिटोरी, माल्कम वालर
Comments