फागुन १६ । स्पेनिस ला लिगामा रियल मडिड्र गएराति एस्पानियोलसँग पराजित भएको छ । साविक विजेता म्याड्रिड तालिकाको तेह्रौं स्थानमा रहेको एस्पानियोलसँग १–० ले पराजित भएको हो ।
घरेलु टोली एस्पानियोलको जितमा जेरार्ड मोरेनोले इन्जुरी समयमा गोल गरेका थिए ।
एस्पानियोलले सन् २००७ यता रियलमाथि जित हात पार्न सकेको थिएन । यो पराजय रियलको ८ खेलमा पहिलो थियो भने इस्पानियोलसँगको २३ खेलमा पनि पहिलो थियो । एस्पानियोलले गएरातिको खेलमा रियलमा क्रिस्टियानो रोनाल्डो नभएको फाइदा उठायो । हारसँगै रियलले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक दूरी घटाउने मौका गुमाएको छ ।
तेस्रो स्थानको रियलको २६ खेलबाट ५१ अंक छ । शिर्ष स्थानमा २५ खेल खेलेको बार्सिलोनाको ६५ अंक छ । समान २५ नै खेल खेलेको एथ्लेटिको मड्रिडको ५८ अंक छ । (एजेन्सी)
हरायो रियल मडिड्रलाई एस्पानियलसले
0
Share.
Comments