१३ फागुन । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनालाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।
बार्सिलोनाका लागि लुइस स्वारेजले ह्याट्रिक गरे भने लियोनल मेस्सीले दुई गोल गरे । यसैगरी फिलिपे काउटिन्होले एक गोल गरे । यस्तै, जिरोनाका लागि तेस्रो मिनेटमा पोर्टुले गोल गरे ।
जितसँगै बार्सिलोनाको २५ खेलमा ६५ अंक रहेको छ । दोस्रोमा रहेको एट्लेटिको म्याड्रिडको २४ खेलबाट ५५ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २५ खेलमा ५१ अंक रहेको छ । जिरोनाको भने ३४ अंक छ । (एजेन्सी)
जिरोनाविरुद्ध बार्सिलोनाकाे गोलको वर्षा
0
Share.
Comments