एजेन्सी, ७ फागुन । स्पेनिस ला लिगामा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराति भएको खेलमा मड्रिडले रियल बेटिसलाई ५–३ गोल अन्तरले हराएको हो ।
रियलका लागि मार्को एसेन्सियोले दुई तथा सर्जियो रामोस, क्रिस्टियानो रोनाल्डो र मार्कोले एक एक गोल गरे । बेटिसका लागि आइसा मान्डिले एक गोल गरे भने मड्रिडका नाचोले आत्मघाती गोल गरे ।
यस जितसंगै रियलको २३ खेलमा ४५ अंक पुगेको छ । रियल चौथो स्थानमा रहेको छ ।
५–३ ले हरायो रियल मड्रिडले रियल बेटिसलाई
0
Share.
Comments