एजेन्सी, १८ माघ । प्रिमियर लिगको चौथो स्थानमा रहेको चेल्सी पराजित भएको छ । गएराती भएको खेलमा चेल्सी बर्नमाउथसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
बर्नमाउथका लागि विल्सन, स्टानिस्लास र अकेले एक एक गोल गरे ।
हारसँगै चेल्सीले तेश्रो स्थानमा उक्लिने मौका गुमायो । चेल्सी २५ खेलमा ५० अंकसहित तालिकाको चौथो स्थानमा छ ।
बर्नमाउथसँग चेल्सी पराजित
0
Share.
Comments