काठमाडौं, १६ माघ । हङकङसँग भएको दुई मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपालले हङकङलाई २–० ले पराजित गरेको छ । दुईवटा मैत्रीपूर्ण खेल खेलमा हङकङलाई नेपालले २ अंकले जितेको हो ।
हिजो भएको मैत्रिपूर्ण खेलमा हङकङलाई ३–१ को सेटमा पराजित गर्दै दुई मैत्रीपूर्ण खेलको शृंखला आफ्नो पक्षमा पार्न सफल भएको छ । हङकङको पो विंग रोड स्पोर्टस सेन्टर, सिउंग सोइमा भएको खेलमा नेपालले हङकङलाई २५–१६, २५–१४, २६–२८ र २७–२५ को स्कोरले पराजित गरेको हो ।
नेपालले हिजो भएको पहिलो खेल ३–२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो खेलमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको थियो ।
३४ वर्षपछि पहिलो पटक भएको हङकङसँगको भेटमा नेपालले दुवै मैत्रीपूर्ण खेलमा जित हाँसिल गरेर उत्साहित बनेको छ । नेपाली टोलीले भोलि मकाउको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसका लागि नेपाली टोली आज मकाउ प्रस्थान गर्नेछ ।
Comments