एजेन्सी, १९ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ३–१ ले हराएको हो ।
म्यानचेस्टर सिटीका लागि रहिम स्ट्रर्लिङ, र सर्जियो अग्युरोले गोल गरे । वाट्फोर्डका लागि एण्ड्री ग्रेले एक गोल गरे । १३ औँ मिनेटमा वाट्फोर्डका काबासेलीले आत्मघाती गोल गरे ।
जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २२ खेलबाट ६२ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४७ अंक छ ।
जितको लयमा फर्कियो म्यानचेस्टर सिटी
0
Share.
Comments