एजेन्सी, १६ पुस । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा सुरुमै पछि परेर पनि लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराएको हो ।
तेस्रो मिनेटमा जेमी भर्डीको गोलबाट लेस्टर सिटीले सुरुवाति अग्रता लिएको हो । पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलका लागि दोस्रो हाफमा सालहले दुई गोल गरे । ५२ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई बराबरीमा ल्याएका सालहले ७६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को जित दिलाए ।
जितपछि चौथो स्थानको लिभरपुलको २१ खेलबाट ४१ अंक भएको छ । २७ अंकसहित लेस्टर आठौँ स्थानमा कायम छ । राति नै भएका अन्य खेलमा न्युक्यासल र ब्राइटन तथा हडर्ल्सफिल्ड र बर्नलीले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हरायो
0
Share.
Comments