एजेन्सी, १३ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई हराएको छ । अवे मैदानमा भएको खेलमा युनाइटेडले वाट्फोर्डलाई ४–२ ले हराएको हो ।
म्यानचेस्टर युनाइटेडका लागि एस्ली योङले दुई तथा एन्थोनी मार्सल र जेसी लिङगार्डले एक एक गोल गरे । वाट्फोर्डका लागि डिनी र डोउकोउरीले एक एक गोल गरे ।
जितपछि म्यानचेस्टर युनाइटेडको १४ खेलबाट ३२ अंक भएको छ । एक खेल कम खेलको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३७ अंक छ ।
म्यानचेस्टर युनाइटेड विजयी
0
Share.
Comments