एजेन्सी, ११ मंसिर । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले ९ अंकको अग्रता लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा मोनाकोलाई २–१ ले हराउँदै पिएसजीले दोस्रो स्थानको लियोनसँगको अंक दूरी ९ पुर्याएको हो ।
अवे मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन एडिसन काभानी र नेइमारले गोल गरे । मोनाकोका लागि जोएओ माउटिन्होले एक गोल फर्काए ।
जितपछि पिएसजीको १४ खेलबाट ३८ अंक भएको छ । दोस्रो स्थानको लियोनको २९ अंक छ । लियोनले राति नै भएको खेलमा निसलाई ५–० ले हराएको हो । पिएसजीसँग पराजित भएको मोनाकोको २९ अंक सहित तेस्रो स्थानमा छ ।
पिएसजीले लियो ९ अंकको अग्रता
0
Share.
Comments