भक्तपुर, ३० कार्तिक । केशव पुरीको अध्यक्षतामा नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ को तदर्थ समिति गठन भएको छ । गठनसँगै नेपाल तेक्वान्दो संघले संघियताको अभ्यास सुरु गरेको छ । नवगठित प्रदेश संघको उपाध्यक्षमा राजन सिंह भण्डारी, माधव नेपाल, दीपक मलहोत्रा, प्रकाश खड्गी, मिनबहादुर थापा छन् । त्यस्तै महासचिवमा रमेश खड्का, सचिवमा राजेश प्रजापति, कोषाध्यक्षमा किरण थापा र सह कोषाध्यक्षमा हरिहर ढुंगाना छन् ।
यस्तै, प्रदेश संघको सदस्यमा बसन्ती डंगोल तामाङ, सुवास श्रेष्ठ, श्रवणकुमार जिसी, सुमन पराजुली, निर्मल लामा, टोनिल कर्माचार्य, नरेन्द्र थापा सदस्य छन् । यसैगरी दिल महर्जन, मनोज खड्गी, सोभितमान गिरी, आयुषा शाक्य, विक्रम खड्गी, राजेन्द्र खत्री, रकविराज नेगी लामा र विरमान स्याङ्तान सदस्य छन् ।
पुरीको अध्यक्षतामा नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ को तदर्थ समिति गठन
0
Share.
Comments