एजेन्सी, २० कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत हिजो बेलुका भएको खेलमा टोटनह्यामले कठिन जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले हराएको कठिन जित निकालेको हो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा टोटनह्यामलाई जिताउन ६४ औं मिनेटमा सन हेङ–मिनले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि तेस्रो स्थानको टोटनह्यामको ११ खेलबाट २३ अंक भएको छ ।
टोटनह्यामको कठिन जित
0
Share.
Comments