एजेन्सी, १७ कात्तिक । युरोपा लिग फुटबलमा लायनले इभर्टनलाई हराएको छ । गएराति भएको खेलमा लायनले इभर्टनलाई ३–० को अन्तरमा हराएको हो ।
लायनका लागि ६८ औँ मिनेटमा टारोरे, ७६ औँ मिनेटमा अयर र ८८ औँ मिनेटमा डिपेले गोल गरे ।
यस्तै राति नै भएको खेलमा आर्सनलले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेल्यो । यस्तै भिटोरिया ग्युमारेसले मार्सेलीलाई १–० ले हरायो ।
लायनले इभर्टनलाई हरायो
0
Share.
Comments