एजेन्सी, १६ कात्तिक । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘एफ’ अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई ४–२ ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।
सिटीको जितमा निकोलास ओटामेन्डी, जोन स्टोन्स, सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङले गोल गरे । नापोलीका लागि इनसिग्ने र फ्रेल्लो फिल्होले गोल गरे ।
समूह चरणका अहिलेसम्म भएका सबै चार खेल जितेको म्यानचेस्टर सिटीको १२ अंक भएको छ । ९ अंकसहित शाख्तर डोनेस्क दोस्रो स्थानमा छ ।
म्यानचेस्टर सिटी अन्तिम १६ मा
0
Share.
Comments