एजेन्सी, १२ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई १–० ले हराएर महत्वपूर्ण जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा एन्थोनी मार्शलले ८१ औं मिनेटमा गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो ।
जितपछि १० खेलबाट २३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम रहन सफल भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २८ अंक छ । २० अंकसहित टोटनह्याम तेस्रो स्थानमा यथावत रहेको छ ।
म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई १–० ले हरायो
0
Share.
Comments