एजेन्सी, २९ असोज । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । शीर्ष स्थानको होडमा रहेको युनाइटेड लिभरपुलसँग गोलरहित बराबरीमा रोकिएको हो ।
लिभरपुलको मैदानमा भएको खेलमा दुवै टिमले गोल गर्ने सुन्दर मौका बनाए पनि गोल भने गर्न सकेनन् ।
बराबरी पछि २० अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा कायम छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २२ अंक छ । १३ अंक जोडेको लिभरपुल भने आठौं स्थानमा झरेको छ ।
राति नै भएको अन्य खेलमा टोटनह्यामले बोर्नमाउथलाई १–० ले हरायो । टोटनह्यामको जितमा क्रिष्टियन एरिक्सनले गोल गरे । तेस्रो स्थानको टोटनह्यामको ८ खेलबाट १७ अंक भएको छ । विवादास्पद पेनाल्टीको सहयोगमा वाट्फोर्डले आर्सनललाई २–१ ले हरायो ।
राति नै भएको खेलमा क्रिष्टल प्यालेससँग २–१ ले पराजित भएको साबिक विजेता चेल्सी भने पाँचौं स्थामा झरेको छ । प्रिमियर लिगको यो सिजनमा क्रिष्टल प्यालेसको यो पहिलो जित हो । अरु खेलमा स्वान्सी सिटीले हडल्सफिल्डलाई २–० ले हरायो । बर्नली र वेष्ट ह्यामले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो
0
Share.
Comments