एजेन्सी, २५ असोज । युरोपियन च्याम्पियन पोर्चुगल आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत पोर्चुगलले स्वीट्जरल्याण्डलाई २–० ले हराएर विश्वकपका लागि छनौट भएको हो । पोर्चुगललाई
हार वा बराबरीले प्ले अफमा पुर्याउँथ्यो । तर, स्वीट्जरल्याण्डलाई हराएपछि पोर्चुगल समूह बीको विजेता बनेको छ ।
पोर्चुगल लागि ५७ औं मिनेटमा भेलान्टी सिल्भाले गोल गरे । यस्तै, ४१ औं मिनेटमा स्वीट्जरल्याण्डका जोरुले आत्मघाती गोल गरे ।
अर्को खेलमा फ्रान्सले बेलारुसलाई २–१ ले हराएको छ र समूह ए को विजेता बन्दै विश्वकपमा पुगेको छ ।
नेदरल्याण्ड्ससँग २–० ले हारेपनि स्वीडेनले प्ले अफ खेल्न पाउनेछ । सन् २०१४ को विश्वकपमा तेस्रो भएको नेदरल्याण्ड्स भने बाहिरिएको छ ।
युरोपबाट फ्रान्स र पोर्चुगलसँगै जर्मनी, सर्बिया, पोल्याण्ड, इंग्ल्याण्ड, स्पेन, बेल्जियम र आइसल्याण्ड विश्वकपमा पुगेका छन् ।
अब युरोपियन देशका लागि ४ सिट छ । यसका लागि स्वीडेन, स्वीट्जरल्याण्ड,उत्तरी आयरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, डेनमार्क, इटाली, ग्रिस र क्रोएसियाबीच प्ले अफ हुनेछ ।
पोर्चुगल विश्वकपमा, नेदरल्याण्ड्स बाहिरियो
0
Share.
Comments