एजेन्सी, २५ असोज । अर्जेन्टिना आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ ले हराउँदै विश्वकपका लागि छनौट भएको हो ।
अर्जेन्टिनाका लागि मेस्सीले ११ औं, १८ औं र ६२ औं मिनेटमा गोल गरे । त्यस्तै, इक्वेडरका लागि पहिलो मिनेटमा नै इबाराले गोल गरे ।
एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो । अर्जेन्टिना २८ अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो ।
अर्जेन्टिना विश्वकप फुटबलका लागि छनौट
0
Share.
Comments