एजेन्सी, ८ असोज । स्पेनिस ला लिगा फुटबलको गएराति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले एलाभेसलाई २–१ ले हराएर विजयी भएको हो ।
रियल मड्रिडको जितमा दुवै गोल डानी सेबालोस फर्नान्डेजले गरे । एलाभेसका लागि गार्सिया सान्चेजले एक गोल फर्काए ।
जितपछि ६ खेलबाट ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । राति नै भएको खेलमा सेभिल्लालाई २–० ले हराएको एथ्लेटिको मड्रिड १४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १३ अंक रहेको सेभिल्ला तेस्रो स्थानमा छ । यस्तै, एथ्लेटिको बिल्बाओले मालागासँग ३–३ को बराबरी खेल्दै अंक बाँडेको छ ।
रियल मड्रिड विजयी
0
Share.
Comments