एजेन्सी, ४ असोज । लिभरपुललाई हराउँदै लेस्टर सिटी इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई २–० ले हराएर चौथो चरणमा प्रवेश गरेको हो ।
लेस्टर सिटीका लागि ६५ औं मिनेटमा शिन्जी ओकाजाकी र ७८ औं मिनेटमा सलाम स्लीमानीले गोल गरे ।
राति नै भएको खेलमा बार्नस्लीलाई १–० ले हराउँदै टोटनह्याम पनि चौथो चरणमा प्रवेश गरेको छ । टोटनह्यामको जितमा ६५ औं मिनेटमा डेल अलीले गरेको गोल निर्णायक बन्यो ।
लिभरपुललाई हराउँदै लेस्टर सिटी चौथो चरणमा
0
Share.
Comments