एजेन्सी, २ असोज । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आफ्नो विजयी यात्रा कायम राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा पिएसजीले लियोनलाई २–० ले हराएर आफ्नो विजयी यात्रा कायम राखेको हो । लिगको यो सिजनमा पिएसजीको लगातार छैटौं जित हो ।
पिएसजीको जितमा गोल भने पिएसजीका खेलाडीले गरेका होइनन् । दुवै गोल लियोनका खेलाडीले आत्मघाती गोल गरेका हुन् । ७५ औं मिनेटमा लियोनका गुएडिस फिल्होले आत्मघाती गोल गरेपछि पिएसजीले अग्रता लियो । ८६ औं मिनेटमा लियोनका मोरेलले फेरि आत्मघाती गोल गरेपछि पिएसजी २–० ले विजयी भयो ।
पिएसजी १८ अंकसहित शीर्ष स्थानमा छ ।
विपक्षीको दुई आत्मघाती गोलले पिएसजी विजयी
0
Share.
Comments