काठमाडौं, २९ भदौ । मलेसियामा जारी एसीसी यु १९ इस्टन रिजन छनौट प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसिया स्थित क्लव अमान मैदानमा भएको खेलमा सिंगापुरलाई सात विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
नेपालले सिंगापुरले दिएको ६८ रनको लक्ष्य मात्र १३ ओभर चार बलमामा पुरा गर्दै जीत हासिल गरेको हो । नेपालले मात्र तीन विकेटको क्षतिमा सिंगापुरले दिएको लक्ष्य पुरा गरेको हो । नेपालका लागि अनिलकुमार शाह १८ , सन्दिप सुनारले २० तथा सुमित महर्जनले अविजित १० रनको योगदान गरे ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर २८ ओभर ३ बलमा मात्र ६७ रनमा अलआउट भयो । नेपालको कसिलो बलर सामु टिक्न नसक्दा सिंगापुर ६७ रनमै समेटिन पुग्यो । सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंकले रन जोडे। सिंगापुरका लागि आर्यमान सुनिलले २० रनको योगदान गरे । बलिङ तर्फ पवन सर्राफले आठ ओभरमा चार मेडेन राख्दै १२ रन खर्चिएर ६ विकेट लिए । यस्तै किशोरले दुई विकेट हात पारे । सेमिफाइनलमा नेपालले समुह बी को उपविजेतासंग खेल्नेछ ।
नेपाल समूह विजेता भएर सेमिफाइनलमा
0
Share.
Comments