एजेन्सी, २० भदौ । विश्व कप युरोपिली छनोटमा जर्मनीले शत प्रतिशत नतिजालाई निरन्तरता दिएको छ । समूह ‘सी’ मा रहेको जर्मनीले गएराति भएको खेलमा नर्वेलाई ६–० ले हराउँदै शत प्रतिशत नतिजालाई निरन्तरता दिएको हो ।
छनौट चरणमा लगातार आठौं जित निकाल्ने क्रममा टिमो वेर्नरले दुई तथा मेसुट ओजिल जुलियन ड्रेक्सलर, लियोन गोरेत्क र मारियो गोमेजले एक एक गोल गरे ।
समूह ‘सी’ अन्तर्गतकै खेलमा अजरबैजानले सान मारिनोलाई ५–१ तथा नर्दन आयरल्याण्डले चेक गणतन्त्रलाई २–० ले हरायो । ८ खेलबाट २४ अंकसहित जर्मनी समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डको १९ अंक छ ।
विश्व विजेता जर्मनीले नर्वेलाई आधा दर्जन गोल ठोक्यो
0
Share.
Comments