एजेन्सी, १४ भदौ । पुरुषतर्फ शीर्ष बरियाताका स्पेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको दोस्रो चरण पुगेका छन् । उनले सर्वियाका डुसान लाजोभिकलाई हराउदै दोस्रो चरणमा प्रवेश पाएका हुन् । नाडालले लाजोभिकलाई ३(० को सेटमा हराए । उनले लाजोभिकलाई ७–६, ६–२ र ६–२ को सेटमा हराए ।
त्यस्तै महिला एकलतर्फ शिर्ष वरियताकी चेक रिपब्लिकनकी कारोलिन प्लिस्कोभा पनि दोस्रो चरण पुगेकी छिन् । उनले पोल्याण्डकी माग्दा लिनेटेलाई ६–२ र ६–१ को सेटमा हराइन् । साविक बिजेता एञ्जेलिक कर्वर भने पहिलो चरणबाटै बाहिरिएकी छिन् । छैठौँ वरियताकी जर्मन कर्बर जापानकी नाओमी ओसाकासँग् पराजित भइन् । ओसाकाले उनलाई ६–३ र ६–१ को सोझो सेटमा हराइन् ।
राफायल नाडाल दोस्रो चरणमा, महिलातर्फ साविक बिजेता कर्वर पहिलो चरणबाटै बाहिरिइन्
0
Share.
Comments