काठमाडौं, ९ भदौ । राजधानीमा जारी १५ वर्षमुनिको साफ च्याम्पियन्सीप फुटबलको सेमिफाइनल खेल आज हुँदैछन् । आज हुने पहिलो सेमिफाइनल खेलमा नेपालले बंगलादेशसँग तथा दोस्रो सेमिफाइनल खेलमा भारतले भुटानसँग खेल्ने आयोजकले जनाएको छ ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा सुरु हुनेछ । यस्तै भारत र भुटानबीचको दोस्रो सेमिफाइनल पनि सोही समयमा सशस्त्र प्रहरीको हलचोकस्थित खेल मैदानमा हुने आयोजकले जानकारी दिएको छ ।
५ टोलीको सहभागि रहेको प्रतियोगितामा श्रीलंका प्रतियोगिताबाट बाहिरिएको थियो ।
साफ च्याम्पियन्सिप फुटबलको सेमिफाइनल खेल आज
0
Share.
Comments