एजेन्सी, १५ साउन । फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ । पिएसजीले अघिल्लो सिजनको लिग वन उपाधि विजेता एएस मोनाकोलाई २-१ले पराजित गर्दै फ्रान्सेली लिग सिजनको सुरुवातमा आयोजना हुने फ्रेन्च सुपर कपको उपाधि जितेको हो ।
डिजिब्रिल सिडिबेले ३० औं मिनेटमा गोल गर्दै मोनाकोलाई पहिले अग्रता दिलाएका थिए । तर उनीहरुङ्को अग्रता लामो समय टिक्न सकेन । यसं सिजन युभेन्ट्सबाट पेरिस पुगेका अल्भेजले ५१औं मिनेटमा फ्रि किकमार्फत गोल गर्दै १-१ को बराबरी गरे ।
त्यसको १२ मिनेटपछि अल्भजकै पासमा अड्रिएन र्याबिओटले गोल गर्दै पिएसजीलाई जित दिलाएका हुन् । पिएसजीले सुपर कपको उपाधि जितेको यो सातौँ पटक हो । पिएसजी भन्दा लियोन (८) ले मात्र सर्वाधिक सुपर कपको उपाधि जितेको छ ।
फ्रेन्च सुपर कपको उपाधि पिएसजीलाई
0
Share.
Comments