काठमाडौं २ साउन । नेपालको यु–१९ क्रिकेट टीमले चिरपरिचित टोली सिंगापुरसँग शानदार प्रदर्शन गरेको छ ।
यु–१९ विश्वकप छनोट अन्तर्गत सिंगापुर क्रिकेट क्लवमा भएको खेलमा नेपालले सिंगापुरलाई ७३ रनमा अलआउट गरेको हो ।
टस जितेर फिल्डिङ् रोजेको नेपालले सिंगापुरले ४ रन जोड्दा १ विकेट लिदैँ सिंगापुरलाई दवावमा राख्न थालेको थियो । यु–१९ टोली नेपालका कप्तान सन्दिप लामिछानेले ५ विकेट लिएको खेलमा किशोरी महतोले सिंगापुरको पहिलो विकेट खसालेका थिए । ७३ रनमै अलआट भएको सिंगापुरका लागी नेपालले ७४ रनको झिनो चुनौति बेहुर्नुपर्नेछ ।
Comments