काठमाडौं, २२ असार । नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते, उसु, फुटबल र क्रिकेट गरी ८ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद् राखेपको योजना विभागका प्रमुख मीनकुमार शर्माले बताए ।
प्रतियोगितामा पाँच विकास क्षेत्रबाट कूल ७ सय १० खेलाडी सहभागी रहने छ ।
प्रतियोगिता अन्तर्गत एथलेटिक्स र फुटबल दशरथ रंगशालामा, भलिबल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा, कबड्डी कीर्तिपुरमा, तेक्वान्दो पेप्सीकोलामा रहेको कोटेश्वर तेक्वान्दो डोजाङमा, कराँते लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा र क्रिकेट कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।
प्रतियोगिताको टिम च्याम्पियनले २५ हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १५ हजार पुरस्कार पाउनेछन् । व्यक्तिगत प्रतिस्पर्धामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३ हजार, २ हजार र १ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ ।
आजबाट नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता सुरु
0
Share.
Comments