काठमाडौं, १४ असार । नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप– २०७४ हुने भएको छ । च्याम्पियनसिप असार २४ देखि राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएको छ ।
२०६८ सालमा पहिलो पटक कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्मानमा वरियता प्राप्त पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, महिला जोडी, यु–१५ ब्वाइज र गल्र्स एकल, यु–१७ ब्वाईज र गल्र्स एकल तथा ४५ बर्ष माथिको भेट्रान्स जोडी गरि ९ विधामा प्रतिस्पर्धा हुनेछ ।
१५ लाख ६६ हजार ५ सयको अनुमानित लागत रहेको प्रतियोगितमा ३ लाख ४० हजार पुरस्कार राशी रहेको छ । जसमा पुरुष र महिला एकलमा प्रथमलाई ५० हजार र ट्रफी, द्वितीयलाई २५ हजार र ट्रफी तथा तृतीयलाई १० हजार र ट्रफी प्रदान गरिने छ । यस्तै अन्य विधाका प्रथम, द्वितीय र तृतीयले नगद १० हजार, ७ हजार र ४ हजारका साथै ट्रफी प्राप्त गर्नेछन् भने भेट्रान्स जोडीलाई ट्रफीका साथै खेल सामाग्री प्रदान गरिने आयोजक संघका अध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी गराए ।
छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप असार २४ देखि
0
Share.
Comments