एजेन्सी, ७ असार । लामो समयसम्म चलेको बिवादबीच भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्लेले पदबाट राजीनामा दिएका छन् । एक वर्षअघि भारतीय टिमको जिम्मेवारी सम्हालेका कुम्बलेले कप्तान विराट कोहलीसँगको बिवादका कारण पदबाट राजीनामा दिएका हुन् । आइतबार लन्डनमा आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँगको लज्जास्पद पराजयपछि कुम्लेले पदबाट राजीनामा दिएका हुन् ।
कुम्बलेले ट्वीटरमा आफ्नो बयान जारी गर्दै कप्तान कोहलीसँगको बिवाद नै राजीनामाको कारण स्वीकार गरेका हुन् । आफ्नो स्टाइलमा कप्तान कोहलीको आपत्ति रहेको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईको तर्फबाट थाहा पाएको कुम्बलेले बयानमा उल्लेख गरेका छन् ।
बिसिसिआईले आफू र कप्तान कोहलीबिच रहेको बिवाद हटाउने प्रयास गरेको तर समझदारी बने पनि त्यो स्थिर हुने नदेखिएकाले आफूले राजीनामा दिएको उनको भनाई छ । कुम्बलेले आफ्नो प्रशिक्षणको एक वर्षको अवधीमा भारतीय टिमले पाएको उपलब्धीको श्रेय कप्तान, पूरै टिम, कोचिङ तथा स्पोर्ट स्टाफलाई जाने बताएका छन् ।
कुम्बले दिए भारतीय क्रिकेट प्रशिक्षकबाट राजीनामा
0
Share.
Comments