एजेन्सी, २९ जेठ । राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा भएको फाइनलमा स्टानिसलास वावरिन्कालाई हराएर नाडालले १० औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका हुन् ।
स्पेनिस नाडालले स्वीस वावरिन्कालाई ६–२, ६–३ र ६–१ को सोझो सेटमा हराएका हुन् । योसँगै नाडाल ओपन एरामा सबैभन्दा धेरै पटक उपाधि जित्ने खेलाडी बनेका छन् ।
नाडालले यसअघि सन् २०१४ मा फ्रेन्च ओपनको उपाधि जितेका थिए । चोटका कारण पछिल्ला वर्ष समस्यामा रहेको नाडालले फेरि आफूलाई यात्रा फर्काएका हुन् । योसँगै उनले १५ औं ग्राण्ड सलाम उपाधि जित्ने छन् ।
फ्रेन्च ओपन टेनिसको उपाधि नाडाललाई
0
Share.
Comments