एजेन्सी, १९ जेठ । विश्व फुटबल महासंघ फिफाको बरियतामा नेपालले ४ स्थान सुधार गर्दै १६९ औं स्थानमा पुगेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियाता अनुसार नेपाल यसअघिको आफ्नो वरियतामा चार स्थान सुधार गरेको हो । दक्षिण एशियामा भारत १००औं स्थानमा यथावत रहँदा चार स्थान तल खस्केको माल्दिभ्स १५६औं र समान चार स्थान तल झरेको अफगानिस्तान १५८औं स्थानमा छ । यस्तै २ स्थान तल झरेको भुटान पनि नेपालभन्दा तीन स्थान माथि १६६औं स्थानमा छ । बरियातामा नेपालभन्दा पछाडि रहेका दक्षिण एशियाली मुलुकहरुमा बंगलादेश १९२, श्रीलंका १९६ र पाकिस्तान २००औं स्थानमा छन् ।
पछिल्लो वरियाताको शीर्ष स्थानमा ब्राजिल यथावत छ । यस्तै अर्जेन्टीना, जर्मनी, चीली, कोलम्बिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्विटजरल्याण्ड र स्पेन क्रमशः १ देखि दशौं स्थानमा छन् ।
फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लियो
0
Share.
Comments