काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति बेल्जियमले पोल्याण्डलाई ६-१ गोल अन्तरले हराएको हो ।
पोल्याण्डविरुद्ध बेल्जियमले सुरुआती अग्रता उल्टाएर फराकिलो जित निकालेको हो । खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४२ औं मिनेटमा एलेक्स विसलले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा ल्याए । ५९ औं मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए ।
खेलको ७३ औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई ३-१ को अग्रता दिलाए । ८० औं मिनेटमा ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-१ को बनाए ।
खेलको ८३ औं मिनेटमा लिन्डर डेनडोनकरले गोल गरेपछि बेल्जियम ५-१ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा लोइस ओपेन्ड़ाले गोल गर्दै बेल्जियमलाई ६-१ को जित दिलाए ।
यस जितसँगै लिग ए ग्रुप ४ को बेल्जियमले २ खेलमा ३ अंक जोडेको छ । बेल्जियम दोस्रो स्थानमा रहेको छ । पोल्याण्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ २६ बिहीबार
Comments